अवार्डको छनोट प्रकृया, विश्वसनियता माथी अमेरिकी दुतावासको चासो
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस बीच बोर्ड औपचारिक छलफल सम्पन्न भएको छ ।
चलचित्र बिकास बोर्डमा भएको छलफलमा अमेरिकी दूतावासका काउन्सिलर टोली समेत उपस्थित रहेको थियो । बैठकमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह तथा चलचित्रकर्मीहरूको अमेरिका भिसा सम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
भिसा प्रमुख सिम्किसले नेपालमा भई आएको चलचित्र अवार्डको छनोट प्रकृया, विश्वसनियता र कलाकारहरुले प्राप्त गर्ने सिफारिश पत्रको आधिकारिकता माथि चासो राखेका थिए ।
बैठकमा अध्यक्ष डीसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल अमेरिकाको सांस्कृतिक सम्वन्ध मजवुत पार्नका लागि नेपालका चलचित्रकर्मीहरूले अमेरिकामा हुने चलचित्र महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने एवं नेपालमा पनि ठुलो स्तरमा अमेरिकी र नेपाली चलचित्रको विशेष कार्यक्रम गरिनुपर्ने विषय उठान गरेका थिए ।
भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न तथा सकारात्मक रहेको बताएको बोर्डको सचिवालयले जनाएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
