चलचित्र ‘फाइट अफ फ्यूरी २’ को गीत सार्वजनिक
चलचित्र ‘फाइट अफ फ्यूरी २’ को गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि।केसीको निर्देशन तथा अभिनय रहेको यो हलिउड चलचित्र हो । यद्यपी नेपालमा प्रदर्शन गर्नका लागि नेपाली गीत समावेश गर्नुका साथै नेपालीमै डब गरिने जनाइएको छ ।
हलिउडका चर्चित कलाकार बब वालको समेत अभिनय रहेको चलचित्रमा सन्निीका अलवा लियो फ़ोङ्ग, जोस्फ़ माइकल, एम एम ए फाइटर लगायतका हलिउडका कलाकारको अभिनय रहेको छ । अमेरिकामा नै छायाँकन गरिएको चलचित्रको सम्पादन नेपालमा गएिको हो । चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन् ।
एक्सन जनराको चलचित्रमा ह्युमन ट्राफिकिंगको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
