बोर्ड सदस्य लोहनीको स्वागत, खत्रीको विदाई
चलचित्र बिकास बोर्डले नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीको स्वागत र सदस्य राजु खत्रीको विदाई गरेको छ । खत्रीको कार्यकाल सोमबार सम्म भएपनि आज सरकारले सार्वजकि बिदा दिएकोले आइतबार अबेर उनको बिदाई गरिएको हो । बोर्ड अध्यक्ष दिनेश डिसी, बोर्डका सदस्य सचिव राजेश कुमार थापा साथै कर्मचारीले नवनियुक्त सदस्यको स्वागत र कार्यकाल पुरा गरेका सदस्यको बिदाई गरेका थिए ।
साथै आइतबार साँझ सम्पन्न चलचित्र विकास बोर्डको बैठकले लोहनीलाई प्रवक्ताको रूपमा नियुक्त गरेको छ । साथै, बक्स अफिस कार्यान्वयन, चलचित्र अन्तर्राष्ट्रिय प्रवर्द्धन, आर्थिक सहयोग सिफारिस र मोफसल चलचित्र मूल्याङ्कन समितिको संयोजकको जिम्मेवारी पनि लोहनीलाई नै दिइएको छ।
बोर्डमा रहँदा राजु खत्रीले नेपाली चलचित्रको प्रवर्द्धन, नीति निर्माण र चलचित्र क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बोर्डले जनाएको छ ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लोहनीलाई १४ गते बोर्ड सदस्यमा नियुक्त गरेको थियो । सदस्य लोहनीले चलचित्र क्षेत्रको प्रवर्द्धन, गुणस्तरीय सुधार र अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहुँच विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
बोर्डमा दुई सदस्य पद अझै खाली छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
