पीडित र अधिकारी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

चलचित्र विकास बोर्डको सदस्यमा सञ्चारकर्मीद्वय केएल पीडित र रवि अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको हो । दुवैले तालुकवाला निकाय सूचना मन्त्रालयबाट नियुक्तिको पत्र बुझिसकेका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत रहेका पत्रकार पीडितले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन समेत गरेका छन् । २०७७ सालमा चलचित्र विकास बोर्डले उनलाई लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिको सदस्यमा समेत नियुक्त गरेको थियो । नेकपा माओबादी निकट मानिने पीडित गीतकार पनि हुन् । उनले ‘आह्वान’ नामक गीति एल्बम निकालेका छन् ।
त्यस्तै, नेकपा माओवादी निकटकै सञ्चारकर्मी अधिकारी चलचित्र पत्रकार संघ चितवान शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । ओस्कारका लागि नेपालबाट सिफारिस भएको चलचित्र ‘पञ्चायत’ र ‘बाबु कान्छा’ नामक चलचित्रमा उनले लगानी समेत गरेका छन् । अधिकारी गीतकार पनि हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal