चलचित्र विकास बोर्ड र नेपाल प्रहरी बीच लागूऔषध विरुद्धको अभियानमा सहकार्य
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । समझौता पत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा आयोजित कार्यक्रममा यो सम्झौता भएको हो । सम्झौता अनुसार दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छन् । विशेष गरी चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना फैलाउने योजना अघि सारिएको छ । सम्झौताअनुसार लागूऔषधको प्रयोग तथा दुव्र्यसनलाई बढावा दिने खालका कुनै पनि चलचित्र, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गरिनेछ । साथै, सम्झौतामा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक चलचित्र तथा भिडियो सामग्री निर्माण तथा चलचित्र हलहरूमा प्रसारण गर्ने, विद्यालय तथा विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामुदायिकस्तरमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गरिने उल्लेख छ । सम्झौतामा लागुऔषध नियन्त्रणको लागि दुवै पक्षले एक–एक श्रोत व्यक्ति परिचालन गरि चलचित्र विकास बोर्ड र नेपाल प्रहरीको संयुक्त पहलमा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि थप रणनीति तय गरिने पनि बताइएको छ ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्त कुँवर काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, चलचित्र प्राबिधक संघका अध्यक्ष पुष्कर लामा, कलाकारहरु सरोज खनाल, प्रदीप खड्का, रबिन्द्र खड्का, गायिका सुनिता दुलाल, ईन्दिरा जोशी, पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डित, नागरिक समाजका अगुवाहरू र नेपाल प्रहरीका विशिष्ट श्रेणीका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
