आस्थाले ल्याइन ‘फाट्यो नी माइतीको चिनो’
६ वर्ष अघि नै रेकर्ड गरि सार्वजनिक भएको आस्था राउतको गीत ‘फाट्यो नी माइतीको चिनो’को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतले माइतीसँग टाढा भएकी महिलाले आफ्नो जन्मघर संझिएर पोखेको बेदना बोल्छ । तीजको छेकोमा नारी बेदना बोल्ने गीतको भिडियो सार्वजनिक गरिएको हो ।
शान थापाको निर्देशन रहेको भिडियोमा दिया मास्के र मनोज जोशीको अभिनय रहेको छ । प्रोडक्सन डिजाइनरका रुपमा चर्चित मनोजले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा पनि पाइला अघि बढाएका हुन् ।
भिडियोमा दियाको अभिनय बेजोड छ । आस्थाले गीतमार्फत भन्न खोजेको कथा शानले दिया मार्फत भिडियोमा सशक्त रुपमा देखाएका छन् ।
भिडियोमा अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
