उत्साह जगाउँदै ‘फर्की फर्की’को पोष्टर
चलचित्र ‘फर्की फर्की’को फस्टलुकले सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार सार्वजनिक गरिएको पोष्टरले चलचित्रप्रति उत्सुकता समेत जगाएको ।
आउँदो बर्षको जेठ १० गतेबाट रिलिज हुने चलचित्रको फस्टलुकमा नायक अनमोल केसीलाई फिचर्ड गरिएको छ । अनमोलका यसअघिका लभ स्टोरी चलचित्रको भन्दा यो चलचित्रको पोष्टर विल्कुलै फरक छ । फस्टलुक हेर्दा चलचित्रले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।
यस अघि चलचित्र ‘छड्के’को असफलता पछि अनमोलले अब आफुले निकै संवेदनशिल भएर चलचित्र छनौट गर्ने र जिरोबाट काम शुरु गर्ने बताएका थिए । उक्त प्रतिवद्धता पछि पहिलो पटक ‘फर्की फर्की’मा काम गरेका कारण पनि यो चलचित्र प्रति दर्शकको उत्साह शुरु देखिनै देखिन्थ्यो ।
लभ स्टोरी जनराको चलचित्रमा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ । सुयोग गुरुङको निर्देशन रहेको चलचित्रलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रका सह निर्माता मनोज ओली र रामु न्यौपाने हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
