Mansara

चलचित्र क्षेत्र खोल्न कलाकार संघको माग

२०७७ असोज १
चलचित्र क्षेत्र खोल्न कलाकार संघको माग

‘राष्ट्रिय चलचित्र दिवस’को अवसरमा चलचित्र कलाकार संघले चलचित्र क्षेत्र खोल्न सरकारसँग आग्रह गरेको छ ।

असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र तथा चलचित्रकर्मीहरु संग प्रत्यक्ष सरोकार राख्ने सिनेमा घर देखि छायांकन सम्म भौतिक दुरि र स्वास्थ्यमापदण्ड अपनाएर पुनः संचालन गर्न पाउनु पर्ने माग कलाकार संघले गरेको हो ।

संघका अध्यक्ष रविन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा नेपालमा चलचित्रको विकास र यसको इतिहासको सम्झना गर्दै मनाईने चलचित्रकर्मीहरुको पर्बको रुपमा मानिएको ‘राष्ट्रिय चलचित्र दिवस’ यस बर्ष बिश्वब्यापी रुपमा फैलिएको महामारी कोभिड १९ को कारणले स्थगित भएको सर्बबिदितै भएको उल्लेख गरिएको छ ।

 

यस्तो छ प्रेस बिज्ञप्ति

नेपाल चलचित्र विकास बोर्ड र संघ संस्थाहरूको पहलमा २०६८ साल असोज १ गतेबाट मनाउन थालिएको ‘राष्ट्रिय चलचित्र दिवस’ प्रत्येक असोज १ गते मनाउदै आइएको छ । नेपालमा चलचित्रको विकास र यसको इतिहासको सम्झना गर्दै मनाईने चलचित्रकर्मीहरुको पर्बको रुपमा मानिएको ‘राष्ट्रिय चलचित्र दिवस’ यस बर्ष बिश्वब्यापी रुपमा फैलिएको महामारी कोभिड १९ को कारणले स्थगित भएको सर्बबिदितै छ ।

लकडाउन र निषेधाज्ञाले गर्दा थला परेको चलचित्र उधोगलाई चलायमान बनाउन हामी सबैले पहल गर्नु पर्ने आबश्यकता रहेको छ । आज असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र तथा चलचित्रकर्मीहरु संग प्रत्यक्ष सरोकार राख्ने सिनेमा घर देखि छायांकन सम्म भौतिक दुरि र स्वास्थ्यमापदण्ड अपनाएर पुनः संचालन गर्न पाउनु पर्ने माग गर्दै सम्पूर्ण चलचित्रकर्मीको तर्फ बाट नेपाल सरकारलाइ हार्दिक अनुरोध गर्दछौ ।
  
‘राष्ट्रिय चलचित्र दिवस’ को अबसरमा सम्पूर्ण चलचित्रकर्मीहरु लगायत नेपाली चलचित्रहरुलाई माया गर्ने शुभेच्छुकहरुमा शुभकामना ब्यक्त गर्दछौ ।

रबिन्द्र खड्का
केन्द्रिय अध्यक्ष
तथा नेपाल चलचित्र कलाकार संघ परिवार

Mahajatra