पाँच कलाकारलाई कलाकार संघको पुरस्कार

चलचित्र कलाकार संघले बिभिन्न कलाकारहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । संघले ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’, ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ र ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’का साथै बिभिन्न सम्मानहरु प्रदान गर्ने निर्णय गरेको हो ।
जस अन्र्तगत २०५५ सालमा स्थापना गरिएको ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ क्रमश कलाकार मुकुन्द किशोर भट्टराई, लय संग्रौला र पुरण जोशीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष मोहन निरौलाले जनाएका छन् । उनीहरुलाई क्रमश २०७८, ०७९ र ०८० सालको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी जनही रु. ७५,०००।– (पचहत्तर हजार) रहेको छ ।
यसै गरी संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा २०६८ मा स्थापित ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ अभिनेत्री श्री गौरी मल्ललाई प्रदान गरिने जनाइएको छ । यो पुरस्कारको राशी रु. ५६, ०००। (छपन्न हजार) रहेको छ ।
यस्तै यसवर्षदेखि कलाकार स्व. गोपाल राउतको सम्झनामा ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ पनि प्रदान गरिने भएको छ । उनको सम्झनामा संघलाई प्राप्त तीन लाख रुपैयाको अक्षयकोश बाट आउने व्याजबाट यो पुरस्कार प्रदनान गरिने जनाइएको छ । रु. १०,००० । (दश हजार) राशीको यो पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गरिने छ ।
साथै संघले वर्षेनी पदान गर्दे आईरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गर्ने निर्णय भएको जनाइएको छ ।
यि सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा प्रदान गरिने अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal