‘एक्लो’ : अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक
चलचित्र ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक संजालमा लेख्छन् – ‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौं । एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि छ, उहाँले सगरमाथा समेत आरोहण गर्नुभएको छ। यो आमाको दिनको अवसरमा, उहाँले फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेको योगदानलाई सम्मान गर्ने उपयुक्त मौका हो। सबै आमाहरूलाई सुखद आमाको दिनको शुभकामना। आउनुहोस्, हामी हाम्रा आमाहरूलाई आज मात्र होइन, उहाँहरूको जीवनभर प्रेम, माया र सम्मान गरौं ।’
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ । निर्देशक शाहीको यो तेश्रो निर्देशकीय चलचित्र हो। हाल चलचित्रको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ । निर्देशक प्रदीप शाही केहि दिन अघि कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन् । कान्समा शाही चयन भए संगै चलचित्र ‘एक्लो’ को चर्चा बढेको छ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।
चलचित्रका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
