‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शन हुने
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले माघ १ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की फिचर छन् । उक्त पोस्टरमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । लभस्टोरी–एक्सन ड्रामामा शिव र प्रियंकासँगै आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैछन् ।
चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर सह–निर्मातामा छन् ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
