फागुन २ मा ‘दुःखी आत्मा’ रिलिज हुने
दयाहाङ राई र आँचल शर्मा अभिनित चलचित्र ‘दुःखी आत्मा’ भ्यालेन्टाइन डेमा अर्थात फागुन २ गते रिलिज हुने भएको छ । शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै निर्माता कम्पनी क्लकवर्क क्रियसनले प्रदर्शन मिति घोषणा गरेको हो ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायत कलाकारको अभिनय छ ।
हिमाल कडरियाको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता सुदीप ढकाल हुन् भने डिओपी आलोक शुक्ला हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
