Mansara

‘२ नम्बरी’को ब्यापार उत्साहजनक

२०७९ असोज २३
‘२ नम्बरी’को ब्यापार उत्साहजनक

चलचित्र ‘२ नम्बरी’को सुरुवात ब्यापार उत्साहजनक देखिएको छ । दशैको अवसर पारी शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दुई दिन दर्शकबाट उत्साहजनक साथ पाएको छ । मल्टीप्लेक्सहरुले उच्च शो दिएका छन् भने अधिकांश शोको अकुपेन्सी पनि राम्रो देखिएको छ ।

चलचित्र हेरेका दर्शकहरुले चलचित्रलाई राम्रै प्रतिक्रिया दिएका छन् । यद्यपी समिक्षकहरुले भने चलचित्र कमजोर भएको जनाएका छन् । केही समक्षिकहरुले त निर्देशक दिपेन्द्र लामाको अहिले सम्मकै कमजोर चलचित्र समेत भनेका छन् ।

चलचित्रमा दयाहाङ राई र सौगात मल्ल अभिनयलाई धेरैले रुचाएका छन् । दया र सौगातका अलवा चलचित्रमा उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि अभिनय रहेको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।