चलचित्र ड्रिम गर्लको ट्रेलर सार्वजनिक
चलचित्र ड्रिम गर्लको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ऋषिराज आचार्य निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन विक्रम राई, रुपा सुबेदी, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रमा ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घितालको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, गम्भीर बिष्टको कोरियोग्राफी, राहुल राईको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ । चलचित्र मंसिर ७ गते बाट प्रदर्शन हुने तय भएको छ ।
यता ट्रेलर रिलिजसँगै निर्माण कम्पनी आर बि मुभिज र रील एण्ड रियल सिनेमाको ब्यानरमा अन्य दुई चलचित्र निर्माणको घोषणा समेत गरिएको छ । कार्यक्रममा चलचित्र द्रौपदी र चुरीफुरी निर्माणको घोषणा गरिएको हो ।
यि दुबै चलचित्रको हाल लेखनको काम भइरहेको छ । निर्देशक ऋषीराज आचार्यले चलचित्रको लेखन गरिरहेका छन् । उनका अनुसार लेखनको काम भइरहेकोले कलाकार भने फाइनल गरिएको छैन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
