चलचित्र ‘द्रोपदी’को ट्रेलर सार्वजनिक, बहुपति प्रथाको कथा
चलचित्र ‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले चलचित्रको विषयवस्तु बारे खुलासा गरेको छ ।
ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र बहुपति प्रथाको कथामा आधारित रहेको ट्रेलरले स्पष्ट पारेको छ ।
ट्रेलरले रोजगारीका लागि विदेश गएका श्रीमानको दाजुभाईसँग सम्बन्ध राख्न बाध्य पारिएकी एक महिलाको कथालाई मर्मस्पर्शी रुपमा देखाएको छ ।
चलचित्रमा आश्विनी शाही, रवि ओड, विष्णु ठडराई, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, प्रकाश ज्ञवाली, सुरज अधिकारीका साथै निर्देशक आचार्य स्वयम्को पनि अभिनय छ । गायक रवि ओडले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।
चैत ८ गतेबाट प्रदर्शनमा हुने चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् भने सह–निर्माता विष्णु ठडराई हुन् । मोहनकुमार झिल्लुको छायांकन रहेको चलचित्रमा रवि ओडको संगीत, विष्णु ठडराईको कोरियोग्राफी, अनिल कुमार महर्जनको सम्पादन, कोविन्द सोनीको साउन्ड डिजाइन र सौरभ शर्मा बस्यालको ब्याकग्राउन्ड स्कोर छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
