चलचित्र ‘द्रौपदी’को टिजर सार्वजनिक

चलचित्र ‘द्रौपदी’ को टिजर सार्वजनिक भएको छ । एक महिला पात्रको संवेदनालाई केन्द्रमा राखेर टिजर प्रस्तुत गरिएको छ ।
चैत ८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । डोल्पाको शे फोक्सुन्डो ताल लगायत कर्णालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता पौडेल, सुरज अधिकारी र निर्देशक आचार्यलगायतको अभिनय छ ।
आचार्यकै लेखन रहेको चलचित्रमा मोहन कुमारको छायाँकन, अनिल कुमार महर्जनको सम्पादन, रवि ओडको संगीत र निर्देशक आचार्यकै गीत छ । आर बि मुभिजको व्यानरमा बनेको चलचित्रका निर्माता ऋषीराज आचार्य र प्रकाश ज्ञवाली हुन् भने विष्णु ठडराई र ऋतु आचार्य सह–निर्माता हुन् ।




Latest Updates
New Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora
Next Releases (Falgun 2)
-
Dukhi Aatma
Director : Dipendra Lama
Casts : Dayahang Rai, Aanchal Sharma, Anoop Bikram Shahi, Buddhi Tamang, Puskar Gurung -
Rangi
Director : Suresh Neupane
Casts : Salon Basnet, Dilip Rayamajhi, Namrata Shrestha, Aayushi Dhakal, Bishal Pahadi