डीआरले बनाए ४ बर्षमा १०८ विश्व रेकर्ड
गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्याएका हुन् ।
उपाध्यायले एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्ड जस्ता विश्व वल्र्ड रेकर्ड प्रदान गर्ने संस्थाबाट रेकर्ड प्राप्त गरेका हुन् । उनलाई २८ विश्व कीर्तिमान प्रमाण पत्र पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदान गरे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायले श्रृजनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल भएको बताए । ‘डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिचान अझ उच्च बनाउने काम गरिरहनु भएको छ’ खनालले भने ‘ १०८ विश्व कीर्तिमान चानचुने कुरो होइन त्यसका लागि बधाई दिन्छु ।’ पूर्वप्रधानमन्त्री खनालले आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्य गरेर अझ देशको नाम उच्च राख्न हौसला प्रदान गरे ।
गीतकार संघका निवर्तमान अध्यक्ष चुणमणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठलगायतले गीतकार उपाध्यको कामको चर्चा गरेको कार्यक्रममा उपाध्यायका ८ एल्बम समेत एकसाथ बिमोचन गरिएको थियो । यस अगाडि उनका २५ गीति एल्बम सार्वजनिक भएका छन् ।
कार्यक्रममा एभरेस्ट वल्र्ड रेकर्डका फाउन्डर मथुराप्रसाद श्रेष्ठ, साहित्यकार प्रा.डा.नारायण खनाल, एनटिभी बोर्ड सदस्य सवनम मुखिया, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको उपस्थिती रहेको कार्यक्रममा पत्रकार नरेश भट्टराई, कुबेर राज गिरी, कृष्ण भुसाल, गीता अधिकारी, संगीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, निर्देशक माइकल चन्द, भिडियो सम्पादक सिलन लम्साल, छायाँकार उत्सव दाहाललाई युरोपियन रेकर्ड बुकको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।
सोही अवसरमा गायक तथा संगीतकार बाबुल गिरीले डा. उपाध्यायको आमालाई समर्पित गीत ‘मेरी आमा’ गाउँदा सबैका आखाँ रसाएका थिए । गायक सागर अधिकारी ‘शरद’ र उहाँको समूहले राष्ट्रिय गीत गाएर समारोहको माहोललाई ऊर्जामय बनाए ।
गिनिज बुक अफ वल्र्ड रकेर्ड सहित १०८ विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायका १२ उपन्यास सार्वजनिक भएका छन् । नरेश भट्टराईले संचालन गरेको कार्यक्रममा गीत संगीत तथा साहित्यका विशिष्ट व्यक्तित्व र रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
