डा. सिके राउतको जीवनीमा चलचित्र बन्दै
चलचित्र ‘डा. सिके राउत’ बन्ने भएको छ । डा. सिके राउतको जीवनीमाथि बन्ने उक्त चलचित्रलाई माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिने छ ।
चलचित्रमा सिके राउतको भूमिका भोजपुरी चलचित्रका स्टार परिचित परदेशी शाहले निर्वाह गर्नेछन् । उनी सुपरहिट चलचित्र ‘एस।पी खरेल’ बाट निकै चर्चामा आएका थिए । घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए ।
दुई दर्जन बढी भोजपुरी चलचित्रको निर्देशन गरिसकेका निर्देशक सन्तोष शाहको निर्देशन, कथा, पटकथा र संवाद रहने चलचित्रमा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन ।
भदौबाट चलचित्रको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी निर्माण टिमको छ । नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने चलचित्रको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा गरिने छ । चलचित्रमा पवन गौतमको छायाँकन, रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र रेवन्त विक्रम थापाको द्वन्द्वनिर्देशन रहने छ । चलचित्रमा सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी ५० प्रतिशत काल्पनिक कथा जोडिने बताइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
