दशैं छोडेको ‘डबल ट्रिपल’ भ्यालेनटाइन डेमा रिलिज हुने
चलचित्र ‘डबल ट्रिपल’ले दशैंको मिति छोडेको छ । यसअघि दशैंको फूलपातीलाई रिलिज मिति तय गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो ।
अशोक शर्माको निर्देशन रहने चलचित्रले अब भने भ्यालेनटाइन डेको अवसरमा पार्दै फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ । प्रदर्शन मिति परिवर्तन गर्दै निर्देशक शर्माले सामाजिक सञ्जालमा लेखेका छन् – ‘दशैंमा धेरै चलचित्रहरु आउने भए, भरसक मिलाएर कम चलचित्र ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तयार भएनन् त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ ।’ त्यसो त शर्मा भन्दा अगाडी नै धेरै चलचित्रले दशैंमा रिलिज मिति घोषणा गरिसकेका थिए ।
चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहनेछ ।
चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत, निर्देशक शर्मा र राजेश सिटौलाको कथा तथा पटकथा, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन र सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ । चलचित्रका निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा र अंकित शर्मा रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
