‘डलर एयुडी’ निर्माण हुने

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो ।
सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहने छ ।
देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्मले नेपालबाट अष्ट्रेलिया जाने नेपालीको कथालाई बोल्नेछ । सन्तोष अधिकारी निर्माता रहेको फिल्ममा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत सह–निर्माता छन् ।
अष्ट्रेलियामा छायांकन हुने फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । कथामा चे शंकरको पटकथा छ । फिल्ममा अस्ट्रेलियन छायाकार रायको छायांकन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत छ । फिल्म अष्ट्रेलियामा छायांकन हुनेछ ।
Latest Updates
New Releases (Ashad 10)
-
Ghanachakkar
Director : Jeetendra Rajopadhyaya
Casts : Saugat Malla, Salon Basnet, Shishir Bhandari, Saroj Khanal, JB. D.C.
Next Releases (Ashad 24)
-
Dokh
Director : Anup Baral
Casts : Diya Maskey, Maotse Gurung, Roy Div, Kamal Devkota, Lokmani Sapkota