अमृत गुरुङको स्वरमा चलचित्र ‘दोख’को गीत

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले गाएको यो चलचित्रको पहिलो गीत हो ।
कार्यक्रममा बोल्दै गुरुङले भने, ‘चलचित्रमा गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’ कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । गीतले चलचित्रको आवरण बोलेको छ । चलचित्रका अधिकांश कलाकारहरुलाई गीतमा प्रस्तुत गरिएको छ । लाइभ रेकर्डिङको प्रचलन करिवकरिव हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जानकारी दिईयो ।
‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ यहि असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा राजन कठेतले लेखेका हुन् ।
माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् ।
Latest Updates
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
-
-
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak