‘हनी बनी’को छायाँकन शुरु
चलचित्र ‘हनी बनी’को छायाँकन शुरु गरिएको छ । सोमवार बेलायतमा शुभ मुहूर्त गर्दै चलचित्रको छायाँकन शुरु गरिएको हो ।
दीवाकर भट्टराईको निर्देशन रहने चलचित्रका लागि जसिता गुरुङ, सलोन बस्नेत, सूर्यमाला खनाल र अर्जुन श्रेष्ठले मुहूर्त सट दिएका थिए । ३५ दिनको सेड्युलमा ‘हनी बनी’को लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा छायांकन हुने बताइएको छ ।
चलचित्रका लागि यसअघि अनमोल केसी र सारा सिपाईली फाइनल भएका थिए । तर, बेलायतले सारालाई भिजा दिएन भने अनमोलले अन्तिम समयमा चलचित्र छोडेका थिए । छायाँकनको केही दिन अघि मात्र मुख्य नायकका रुपमा भारतिय मोडल अभिमन्यू तोमर भित्रिएका छन् । अमित बस्नेत र परी राना निर्माता रहेको चलचित्रका सहनिर्माता अजितकुमार थापा हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
