‘पिताम्बर’को चरित्र बारे दिब्य भन्छन् – दर्शकका लागि फरक टेष्ट

अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । बिभिन्न चलचित्रमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य यही चैत २९ गतेबाट रिलिज हुने ‘पिताम्बर’मा खल चरित्रमा देखिँदैछन् ।
दिव्य ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । ‘मैले यसअघि कमर्सियल किसिमको चलचित्र गरेको थिइनँ । यो लेभलको चलचित्रमा पहिलोपटक काम गरेको हुँ’, उनी भन्छन्, ‘चलचित्रमा मेरो खलनायक चरित्र छ । मेरो लुक्स, पहिरन, तराईको परिवेश अनुसार भ्वाइस छ । म चलचित्रमा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर पार्छ । कथाको यात्राभित्र छिर्न उसले मुल क्यारेक्टर निभाएको हुन्छ ।’
चलचित्रको क्यानभास नवलपरासीको परासी वरपर रहेको भन्दै उनी भन्छन् – ‘चलचित्रमा मैले जुन चरित्र निभाएको छु, त्यो चरित्र किन यस्तो भयो ? उसले किन यस्तो क्रियाकलाप गर्छ । मैले निर्देशकलाई सोध्दै आफूले पनि सम्झँदै मेरो चरित्रको खाका बनाएको थिएँ । जुन यो चलचित्रमा देखाएको छु ।’
निर्देशक कृषा चौलागाईंको सहयोगले पनि आफूले क्यारेक्टरलाई विकसित गराउन सकेको दिव्य देव दाबी गर्छन् । ‘कृषाले मलाई क्यारेक्टरको बारेमा विस्तृत बताउनुभएको थियो । उहाँलाई केही सोध्दा पनि घुमाउरो खालको उत्तर आएन । त्यसबाट म प्रभावित भएँ । सेटमा गइसकेपछि उहाँको काम गर्ने शैली, नेतृत्व क्षमताले पनि प्रभावित भएँ’, दिव्य देव भन्छन् ।
दर्शकका लागि ‘पिताम्बर’मा देखिएको आफ्नो चरित्र नयाँ लाग्ने उनको दाबी छ । ‘क्यारेक्टर, लुक्स, पहिरन र भिलेन चरित्र दर्शकका लागि फरक छ । दर्शकले दिव्यदेव यस्तो चरित्र पनि गर्दो रहेछ भन्ने अनुभव लिन्छन् । मलाई जतिसक्दो फरक क्यारेक्टर नै गर्न मन लाग्छ ।’ उनी भन्छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal