‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला

२०८० कार्तिक २१
‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्रको हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका छन् ।

निर्माण टिमले प्रदर्शन अगाडी गरेको व्यापक प्रचारको फाईदा शोमा देखिएको छ । सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको छन् । साथै निर्देशक निश्चल बस्नेत ६ वर्षपछि निर्देशनमा फर्केकाले पनि चलचित्र प्रति उत्सुकता देखिन्छ । जसको फाइदा बक्सअफिसमा देखिने विश्वास निर्माण टिमलाई छ ।

यो समाचार तयार पार्दासम्म चलचित्रलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो दिएको छ, भने मोफसलका हलमा ३३ शो उपलब्ध गराएको छ । यस्तै, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १४ शो, एफक्युबले ६ शो, बिग मुभिजले ५ शो, क्युज सिनेमाज्ले ५ शो, रञ्जना सिनेप्लेक्सले ७ शो, सिके सिनेमाज्ले ५ शो, सिने डी सेफले ३ शोमा अग्रीम टिकट बुकिङ खोलेका छन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतका कलाकारको अभिनय छ । निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र सामाजिक विषयमा केन्द्रित रहेको जनाइएको छ । रौनक विक्रम कडेल निर्माता रहेको चलचित्रमा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।