‘दिमाग खराब’को टिजर सार्वजनिक

चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ ।
निश्चल बस्नेतको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।
आगामी तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शन हुने चलचित्र सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण भएको हो । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा आकाश बरालको लेखन, सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung