Mansara

‘दिलमाया २’को टिजर सार्वजनिक

२०७९ फागुन २१
‘दिलमाया २’को टिजर सार्वजनिक

चलचित्र ‘दिलमाया २’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । राजु गिरीको निर्देशन रहेको चलचित्र लभस्टोरी जनराको हो ।

चलचित्रमा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । ‘दिलमाया २’ को लेखन तथा निर्देशन स्वयंम राजु गिरीको नै रहेको छ ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा बिष्णु निराकर र सुस्मिता खत्रीको छायाँकन, खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन, भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरी निर्माता रहेको चलचित्र आगामी वर्ष असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । ले मिलेर निर्माण गरेका हुन् ।  ‘दिलमाया २’ चलचित्र ‘दिलमाया’को सिक्वेल हो ।