‘मेरो जुत्ता खोइ’को गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक
चलचित्र ‘मेरो जुत्ता खोइ’को गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेश पायल राई र मेलिना राईको स्वर, डा. ओमकृष्ण प्रसाईंको शब्द र विकास चौधरीको संगीत छ । कमल राईको कोरियोग्राफी रहेको भिडियोमा कलाकारहरु प्रशान्त मुखिया र रचना सिवाकोटीको नृत्य रहेको छ । विवाहको परिवेशमा भिडियो तयार पारिएको देखिन्छ ।
अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना सिवाकोटी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवास लगायतको अभिनय छ । चलचित्र प्रेम, विवाह र सामाजिक सम्बन्धको कथामा आधारित रहेको जनाइएको छ ।
दर्पण क्षेत्री, अभय अधिकारी र प्रितम मुखियाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) हुन् । चलचित्रमा शिव ढकालको छायांकन, सन्तोष खवासको द्वन्द्व निर्देशन, सन्देश शाह र निशान तामाङको सम्पादन, कुमार केसीको लेखन र एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
