फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने
फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले यसबारे जानकारी दिएको हो ।
फ्रान्सेली भाषामा निर्माण हुने चलचित्रको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । ३५ दिनको छायाङ्कन तालिका राखिएको चलचित्रमा नेपाली कलाकारको समेत अभिनय रहनेछ । कार्यक्रममा नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमख दिग्विजय भारती र सुरेश अधिकारीले चलचित्रमा नेपाली टोली पनि हुने बताए ।
रक ओपेरा सङ्गीतका चर्चित फ्रान्सेली सङ्गीतकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी फ्रान्समै हुने जानकारी दिएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
