पोखरामा हुने भो : ‘धुनहरुमा तारादेवी र अरुणा लामा’
पोखरामा सक्रिय रहेका गायिकाहरुको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले असार २१ गते विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली सांगीतिक क्षेत्रका दुई महिला स्वरहरुलाई ट्रिब्यूट गर्दै आयोजना गर्न लागिएको ‘टेस्ट अफ हार्मोनी : धुनहरुमा तारादेवी र अरुणा लामा’ शीर्षकको कार्यक्रममा पोखरेली गायिकाहरुले उनीहरुका लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।
पोखरा सभा गृहमा शनिवार दिउँसो १ बजेपछि प्रारम्भ हुने उक्त कार्यक्रममा दिवंगत गायिकाहरु तारादेवी तथा अरुणा लामालाई विशेष सम्झना गरिने छ ।
सांगीतिक कार्यक्रममा अरुणा लामा तथा तारादेवीका कालजयी गीतहरु प्रस्तुत गरिने आयोजक संस्थाकी अध्यक्ष तथा गायिका ईतु जोजिजुले बताएकी छिन् ।
‘हामीले नेपाली सांगीतिक क्षेत्रका दुई नक्षत्रप्रति समर्पण गर्दै यो कार्यक्रमको डिजाइन गरेका छौं, अध्यक्ष जोजिजू भन्छिन्—‘यो धेरै दर्शक अनि स्रोताहरुका लागि विशेष हुने हामीले विश्वास लिएका छौं ।’
सांगीतिक कार्यक्रममा संस्थामा आवद्ध सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रममा गायिकाहरु ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ लगायतको प्रस्तुति रहने छ । यस्तै पोखराकै लोकप्रिय गायकहरु कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ तथा ज्ञान थापाले उनीहरुलाई साथ दिनेछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
