चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक

चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । मंसिर ७ गते रिलिज हुने चलचित्रको टिजर मंगलबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक टिजरमा कलाकार कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ । टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको छ । टिजरमा कुन्दनसँगै कलाकारहरु अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ ।
बाबु साहेब बलामी निर्देशित चलचित्रमा नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको पनि अभिनय छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत र बन्दे प्रसादको सम्पादन छ ।
चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal