राजस्थानमा खिचियो ‘देव वाणी’को गीत

चलचित्र ‘देव वाणी’को एक गीतको छायांकन भारतको राजस्थानमा गरिएको छ । प्रताप दास र सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजस्थानमा गरिएको हो ।
बाबु साहेब बलामीको निर्देशनमा निर्माण भइरहेको चलचित्रको उक्त गीत ४ दिन लगाएर छायांकन गरिएको हो । राजस्थानमा खिचिएको गीतमा चलचित्रका मुख्य कलाकार कुन्दन भारद्धाज र अनुपा लेप्चा फिचर्ड छन् ।
चलचित्रमा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । सिमरा, वीरगन्ज, र काठमाडौंमा चलचित्रको छायांकन गरिएको हो ।
नेपाली र हिन्दी भाषामा निर्माण भइरहेको चलचित्रका प्रस्तुतकर्ता मौसम पौडेल हुन् भने मिना खड्का र हिराबहादुर लेप्चा निर्माता र महेन्द्र यादव कार्यकारी निर्माता हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal