चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक
चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजीक न्यायको बिषयलाई प्रस्तुत गरिएको देखिन्छ ।
कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतका कलाकारको अभिनय रहेको छ ।
सामाजिक कथाको भनिएको चलचित्र मंसिर २३ गतेबाट प्रदर्शन हुँदैछ । कार्यक्रमका बोल्दै कलाकार तथा निर्देशकले चलचित्रले दर्शकलाई निराश नबनाउने बताए । पर्फमिङ आर्ट कृयसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रमा राजु काउचाको कथा, निर्देशक मगरकै पटकथा र सम्वाद, चक्रबहादुर महर्जनको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, हरि लम्सालको संगीत, राजु थापाको शब्द, प्रताप दास र प्रबिशा अधिकारीको स्वर र अजय स्याङतेनको कोरियोग्राफी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
