चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक

चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको टिजरमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । साथै आँचल शर्मासँग र दयाहाङ बिचको रोमान्टिक गीतको एक अंश र बाउ–छोराबीचको गन्थनमन्थन पनि समेटिएको छ ।
आगामी बैशाख १ गतेका लागि प्रदर्शन मिति तय भएको चलचित्रमा दयाहाङ र आँचल अलवा माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईं लगायतको अभिनय छ । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिराज र सुष्मा गुरुङ निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा सिमोन कृष हुन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung