बाहिरी ब्यानरका चलचित्रमा अभिनय गर्दै दिपाश्री, ‘पार्वती’मा अनुबन्धित

२०८२ श्रावन २९
बाहिरी ब्यानरका चलचित्रमा अभिनय गर्दै दिपाश्री, ‘पार्वती’मा अनुबन्धित

यतिबेला ‘झरीपछिको इन्द्रेणी’ चलचित्रको छायांकनमा व्यस्त अभिनेत्री दीपाश्री निरौला अर्को चलचित्र ‘पार्वती’मा अनुबन्धित भएकी छिन । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्ने चलचित्रका लागि दुवै पक्षबीच लिखित सम्झौता भएको हो ।

बुझ्नमा आए अनुसार आमा सरस्वती मूभिजको ब्यानरमा बन्ने ‘दिपक–दिपा’को आगामी चलचित्रको निर्देशकका रुपमा दिपाश्री नरहने भएपछि उनले बाहिरी ब्यानरका चलचित्रमा काम गर्न थालेकी हुन् । त्यसो त होम प्रोडक्सनका चलचित्रमा निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी दिपाश्रीले बाहिरी ब्यानरका चलचित्रमा भने अभिनय गर्न लागेकी हुन् ।

नीता स्वयंले मुख्य भूमिकामा अभिनय गर्न लागेको चलचित्र ‘पार्वती’ असोजदेखि छायांकन जाने जनाइएको छ । ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशक रहेको चलचित्रको प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ । 

नीता फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा नीताकै कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद र कवीर लाल र शाहिद लालको छायाँकन रहने छ । चलचिमा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहने जनाइएको छ ।