Mansara

‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक

२०७९ मंसिर ३
‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक

चलचित्र ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनीक गरिएको छ । सार्वजनीक १ मिनेट १५ सेकेन्ड लामो टिजरमा आर्यन सिग्देललाई एक्सन लभर ब्वाइका रुपमा प्रस्तुत गरिएको छ भने उपासना सिंह ठकुरी नर्सको भूमिकामा देखिएकी छिन् । टिजर हेर्दा अस्पतालमा बिरामीमाथि हुने गरेको लापर्वाही तथा यथार्थताको बिषय फिल्मले उठाएको संकेत गराउदछ । 

१५ पुषमा प्रदर्शनमा आउने चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाले निर्देशन गरेका छन् । महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन् । चलचित्रमा बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा र सम्वाद रहेको छ । बनिष शाहको सम्पादन रहेको चलचित्रमा दिपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।

Mahajatra