Mansara

आर्यन र उपासनाबीच ‘चार घण्टा कुराकुर’

२०७९ कार्तिक २१
आर्यन र उपासनाबीच ‘चार घण्टा कुराकुर’

चलचित्र ‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’ बोलको गीतको छायांकन सम्पन्न भएको छ । भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि चार दिन लगाएर गीतको छायाँकन गरिएको हो ।

गीतमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको अभिनय हेर्न सकिने छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको रोमान्टिक गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ भने निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन् ।

पुष १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाले निर्देशन गरेका छन् । महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

चलचित्रमा आर्यन र उपासनाका अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरी पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन् । चलचित्रमा बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा र सम्वाद रहेको छ । बनिष शाहको सम्पादन रहेको चलचित्रमा दिपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।

Mahajatra