Modibeni
Numbari Sun

‘डिसेम्बर फल्स’को गीत सार्वजनिक, आर्यनले जानेनन् उपसनालाई फकाउन

२०७९ मंसिर १३
‘डिसेम्बर फल्स’को गीत सार्वजनिक, आर्यनले जानेनन् उपसनालाई फकाउन

चलचित्र ‘डिसेम्बर फल्स’को ‘फकाउनै जानिन’ बोलको गीतको सार्वजनिक गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि छायाँकन गरिएको गीतमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको नृत्य देख्न सकिन्छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको रोमान्टिक गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ भने निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन् ।

पुष १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाले निर्देशन गरेका छन् । महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

चलचित्रमा आर्यन र उपासनाका अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरी पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन् । चलचित्रमा बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा र सम्वाद रहेको छ । बनिष शाहको सम्पादन रहेको चलचित्रमा दिपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।

Gharjwai