Mahajatra

सिमारामा ‘देववाणी’को छायांकन

२०८० जेष्ठ १४
सिमारामा ‘देववाणी’को छायांकन

क्लाइमेक्सको दृष्य बाट शुरु गरिएको चलचित्र ‘देववाणी’को छायांकन बाराको सिमरामा जारी छ । गत बुधबारबाट छायाँकन थालिएको चलचित्रको निर्देशक बाबु साहेब बलामी हुन् । क्लाइमेक्समा एक्सन दृष्य भएकोले द्वन्द्वनिर्देशक श्री श्रेष्ठको निर्देशनमा कलाकार कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम पौडेल र अनुजा लेप्चाले सट दिइरहेका छन् ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको चलचित्र सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिनेछ । चलचित्रमा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको चलचित्रमा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ ।