डिबी खड्काको पुस्तक ‘नियत’ सार्वजनिक
पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच अभिनेत्रीत्रय रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाका साथै पत्रकार नारायण अमृत र अमर खड्काले पुस्तक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार नारायण अमृतले यस्ता विषयमा कमै लेखिएको र खड्काले मीठो भाषामा चलचित्र क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको बताए । यस्तै अभिनेत्री रेखा थापाले आफुलाई तिाब असाध्यै मनपरेको जनाइन । जति पटक किताब पढ्यो उति मजा लागेको भन्दै रेखाले चलचित्र बनाउने जस्तो कथा भेटेको समेत जनाइन । अर्की अभिनेत्री स्वस्तिमा खड्काले पुस्तकले आफूलाई गहिरोसँग तानेको प्रतिक्रिया दिएकी छिन । कहिल्यै किताब नपढ्ने मान्छे म घर जाने बित्तिकै पढेँ । धन्न मैले सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुर्व्यवहार भोग्नुपरेन । त्यसैगरी अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएकोमा आफू प्रभावित भएको आशय व्यक्त गरेकी छिन ।
लामो समय चलचित्र पत्रकारिता गरेका खड्काको पुस्तकलाई रंगीत दुनियाको रंगीहिन दृष्ट्रान्त भनिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
