दयाहाङको ‘दयारानी’को रिलिज पोष्टपोण्ड

चलचित्र ‘दयारानी’को रिलिज पोष्टपोण्ड भएको छ । यसअघि जेष्ठ १० गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र अब साउन ३० बाट प्रदर्शन हुने भएको हो ।
प्रदर्शन मिति परिवर्तन गरेसँगै चलचित्रको नयाँ पोष्टर समेत सार्वजनिक गरिएको छ । चलचित्रमा दयाहाङ रई, दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । जेष्ठ ३ मा दयाहाङ अभिनित चलचित्र जात्रै जात्रा प्रदर्शन हुने भएपनि ‘दयारानी’को प्रदर्शन मिति पछि सारिएको जनाइएको छ । एक हप्ताको अन्तरमा दयाहाङको मुख्य भुमिका रहेको दुई चलचित्र प्रदनर्शन नहुन भनेर ‘दयारानी’को प्रदर्शन साउन ३० पुर्याइएको निर्देशक माओत्से गुरुङले बताएका छन् ।
खराब आचरणको श्रीमान र दयालु स्वभावकी श्रीमतीको कथा भन्ने चलचित्रको कथा पनि निर्देशक स्वयम्को हो । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्र मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung