दयाहाङको भिडियो 'आउन मायामा' सार्वजनिक
गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा रहेको गीत ‘आउन माया’को भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई प्रस्तुत गरिएको छ ।
भिडियोमा अभिनेता दयाहाङ राई र विमला खजुमको अभिनय रहेको छ । भिडियोमा आफूलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथालाई मार्मिक तरिकाले देखाइएको छ ।
किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
