असोज २ गतेबाट ‘डान्सिङ वीथ द स्टार’
डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार नेपाल’को प्रसारण असोज दुई गतेबाट सुरु हुने भएको छ । उक्त शो शुक्रबार र शनिबार साँझ आठ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।
शो को प्सारण चैत्र बाट नै गर्ने तयारी भएता पनि कोरोना महामारीका कारण सुटिङ सुरु हुन पाएको थिएन । अव भने कोरोना कहरकै बीचमा शो सुरु हुन लागेको हो । ‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो । सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं ।’ कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले भने ।
रियालिटी शो २६ शृङखलाको हुने छ भने कार्यक्रममा १२ जना स्टार कलाकारले एक–एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिने छन् । पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, कलाकार रक्षा श्रेष्ठ, अभिनेत्री सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, नायिका पूजा ठाकुर, टिकटक ट्वीन दीपा–दमन्ता र बाल नृत्य कलाकार देबयान्सी बैदबार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।
दर्शकहरूको भोट र निर्णायकहरुको मुल्याङ्कनका आधारमा हरेक हप्ता एक जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २० लाख (करसहित) नगद प्राप्त गर्नेछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
