Mahajatra

‘डान्स च्याम्पियन’को ग्राण्ड प्रिमियर

२०७८ पौष ८
‘डान्स च्याम्पियन’को ग्राण्ड प्रिमियर

बिगत ८ हप्ता देखि प्रशारण हुँदै आएको डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’को बिहिबार ग्राण्ड प्रिमियर हुदैछ । राति ९ बजेबाट कान्तिपुर टेलिभिजनमा ग्राण्ड प्रिमियर हुन लागेको हो ।

मेघा अडिसनबाट छनौटमा परेका २० प्रतिष्पर्धीका साथ ‘डान्स च्याम्पियन’को ग्राण्ड प्रिमियर हुन लागेको हो । मेघा अडिसनमा देखिएका कमजोरीहरुलाई सुधारेर शो को लुक्स नै परिवर्तन गरेर आउन लागेको निर्देशक गजित बिष्टले जनाएका छन् । बिहिबार र शुक्रबार प्रसारण हुने शोमा सिंगल मात्र नभएर प्रतिष्पर्धीले ग्रुपमा पनि नृत्य गर्न सक्नेछन् ।

ईन्टरनेशनल डान्स एकेडेमीले निर्माण गरेको शोको निर्णायकमा निरुता सिंह र आश्मा बिक रहेका छन् । मेघा अडिशनमा देखिएका अर्को निर्णायक जगत रावल भने अब उक्त शो मा रहने छैनन् । निर्देशक बिष्टका अनुसार गेष्ट जज्का रुपमा अब बिभिन्न सेलिब्रेटीले उक्त शो मा सहभागीता जनाउने छन् ।

कि एडभटाईजीङले बजार व्यवस्थापन गरेको उक्त शो आगामी हप्ताबाट भोटिङ राउण्डमा प्रवेश गर्नेछ । बिहिबार र शक्रबारको प्रस्तुति पछि ४ प्रतिष्पर्धी बाहिरिने छन् । टप १६ बाट भने हरेक हप्ता २ प्रतिष्पर्धी बाहिरिन छन् । यो शो कुल ३२ एपिशोडको हो ।

रियालिटी शो ‘खोजी प्रतिभाको’बाट उदाएका गजितले मायाजबार बाट चलचित्र अभिनयमा समेत डेब्यु गरे । लेन्सनेपालको रेकर्ड अनसार कुन १९ चलचित्रमा काम गरेका गजित नृत्यमा पारङगत मानिन्छन् । गजित नृत्य प्रशिक्षकका रुपमा समेत स्थापित छन् ।