‘डल्लेले इन्ट्री मार्यो’मा यस्तो देखिए सागर
चैत २७ गतेबाट प्रदर्शनमा आउन चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले)लाई प्रस्तुत गरिएको छ । निर्देशकले पोस्टर मार्फत एक युवापुस्ताको कुलतबारे केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ ।
चलचित्रको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्रमा लक्ष्मण सुवेदीको पटकथा र संवाद रहेको छ ।
चलचित्रमा सागर लम्साल (बले)का अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा केसी नबराज गिरीलगायत कलाकारको अभिनय छ । चलचित्रमा निर्देशक राजु गिरी स्वयं र बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरीको पनि अभिनय रहेको छ ।
उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको चलचित्रमा श्याम तामाङको छायांकन, गौतमराज खड्को सम्पादन र उमेश कुमार बस्नेतको कथा रहेको छ । चलचिमा सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरीको लगानी रहेको छ ।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
