देश घुम्दै ‘दाल भात तरकारी’
चलचित्र ‘दाल भात तरकारी’ प्रचारका लागि कलाकारसहितको निर्माण टिम देश दौडाहामा निस्कने भएको छ । आगामी वैशाख २० गतेबाट प्रदर्शन हुने चलचित्रको प्रचारका लागि चैत्र २५ देखि बैशाख ४ गते सम्म मोफसलका विभिन्न स्थानमा कार्यक्रमहरु गर्न लागिएको हो ।
सुदन केसीको डेब्यु निर्देशन रहेको चलचित्रले आगामी चैत्र २५ गते पूर्वको बिर्तामोड, चैत्र २६ गते दमक, चैत्र २७ गते ईटहरी, चैत्र २८ गते हेटौँडा, चैत्र २९ गते चितवन, चैत्र ३० गते बुटवल, बैशाख १ गते नेपागन्ज, बैशाख २ गते दाङ र बैशाख ४ गते पोखरामा कलाकारको उपस्थितिका बिच प्रचारप्रसारको कार्यक्रम गर्दैछ ।
कार्यक्रममा कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, जुनु रिजाल काफ्ले, आँचल शर्मा, पुष्प खड्कालगायत उपस्थित हुने जनाइएको छ । हरिवंश आचार्यको कथा रहेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, बसुन्धरा भुसाल, विल्सनविक्रम राई, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउत, पुष्प खड्का, जयनन्द लामा, आँचल शर्मा, शिशिर वाङ्देल, रबिन तामाङ, मोहितवंश आचार्य, यमन श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
