डाँडाको बरपीपल हलमा फ्लप युट्बमा हिट !

लेन्सनेपाल २०७९ जेष्ठ २५
डाँडाको बरपीपल हलमा फ्लप युट्बमा हिट !

बक्सअफिसमा असफल सावित भएको सिनेमा डाँडाको बरपीपल युट्बमा रिलिज भएको छ । हलमा दर्शकको माया पाउन नसकेको सिनेमाले युट्युबमा भने राम्रो दर्शक बटुलेको छ । सिनेमा हाल युट्युव ट्रेण्डिङको शिर्ष स्थानमा छ । 

युट्युबको कमेन्ट बक्समा दर्शकले सिनेमा निकै राम्रो बनेको भन्दै तारिफको ओइरो लगाएका छन् । विशेष गरी मुख्य अभिनेता सलोन बस्नेत र रुविना थापाको तारिफ दर्शकले गरेका छन् । सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । बुढासुब्बा डिजिटलले पहिलो पटक आफ्नै लगानीमा सिनेमा निर्माण गरेको थियो । 

सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,  सुइन्जा सुनाम लगायतको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको सिनेमालाई सुशान्त प्रजापतिले खिचेका हुन् ।  राम जि राउतको मुख्य सहायक निर्देशन रहेको छ ।

डाँडाको बरपीपल युट्युबमा सार्वजनिक भएर दर्शकले राम्रो प्रतिक्रिया दिएपछि निर्माण टिमले ।  डाँडाको बरपीपल २ घोषणा गरिएको छ । सोभित बस्नेतले निर्देशन गर्ने भएका छ्न निर्माण भन्ने कस्ले गर्ने चाँही केही खुलाइएको छैन् ।