चलचित्र ‘दान्भी’लाई उत्साहजनक शो

शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ । बुधबारदेखि मल्टिप्लेक्स हलहरूले चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।
क्युएफएक्सनले पहिलो दिनका लागि काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ । आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर,बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि चलचित्रले उत्साहजनक शो पाएको छ । उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म रिलिज हुँदैछ ।
रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ । चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।
चलचित्रमा सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi