सत्य–स्वरुपको क्रिकेट गीत सार्वजनिक
क्रिकेट सम्बन्धी गीत उपहार दिदै गायकद्वय सत्य–स्वरुपराज आचार्य ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा जोडिएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको रङ्गशाला निर्माणमा सहयोग जुटाउन विभिन्न व्यक्तिहरु अभियन्ताको रुपमा जोडिने क्रम जारी रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।
गायकद्वय सत्य–स्वरुपराज आचार्यले क्रिकेटलाई केन्द्रमा राखि गीत तयार गरेका छन् । गीतमा सत्यस्वरुपकै शव्द, संगीत छ । ‘युद्धको मैदान’ बोलको गीतको भिडियोमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ । फाउण्डेसनले बुधबार नै उक्त गीत सार्वजनिक गरेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
