प्रदर्शनमा आए ‘सिटामोल’ र ‘मोहर’
आजबाट चलचित्रहरु ‘सिटामोल’ र ‘मोहर’ प्रदर्शनमा आएका छन् । फरक जनराका चलचित्रले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका छन् ।
दुई चलचित्र मध्ये अग्रीम टिकट बुकिङमा ‘सिटामोल’ केही अगाडी देखिन्छ । शुक्रबार बिहानको अकुपेन्सी पनि ‘सिटामोल’ राम्रो देखिन्छ । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्रले कर्णालीको कथा उठान गरेको छ । चलचित्रको सार्वजनिक गीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । यसको प्रभाव बक्सअफिसमा देखिने विश्वास निर्माण टिमको छ । जुन अग्रीम टिकट बुकिङ र शुक्रबारका बिहानी शोमा देखिएको हो ।
चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मीलगायतका कलाकारको अभिनय छ ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्माता छन् ।
यस्तै चलचित्र ‘मोहर’मा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । फिल्म मेकर्स प्रालिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
