महिला फिल्म मेकर सिके ७ दिन सम्म सिनेमाटोग्राफी

२०८१ मंसिर २
महिला फिल्म मेकर सिके ७ दिन सम्म सिनेमाटोग्राफी

महिला फिल्म मेकरहरुका लागि आयोजित छायाँकन सम्बन्धि कार्याशाला सम्पन्न भएको छ । कार्तिक २५ देखि चाबहिल स्थित चलचित्र विकास बोर्डमा सञ्चालित कार्यशाला मंसिर १ गते सम्पन्न भएको हो । ७ दिन सम्म चलेको कार्यशालामा १२ महिला फिल्म मेकरहरु सहभागी भएका थिए ।

नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ)द्वारा आयोजित ‘सिनेमाटोग्राफी कार्यशाला’मा १ सय ३० वटा आबेदन परेपनि प्राथमिक छनोट प्रक्रियामार्फत १२ जनालाई सहभागी गराइएको जनाइएको छ । सहभागीलाई छायाँकनका बिभिन्न पक्षबारे विशेषज्ञहरू शिशिर बिसंखे, अमर महर्जन, भारतकी बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य, र मुनमुन धरालियाले प्रशिक्षण दिएका थिए । 

कार्यशालामा सोनी एफएक्स ६ र एफएक्स ९ जस्ता अत्याधुनिक क्यामेराको प्रयोग गरी प्रकाश व्यवस्थापन, रङ्ग संयोजन, सम्पादन, र ध्वनि डिजाइनजस्ता पक्षमा व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यशाला चलचित्र विकास बोर्ड नेपाल, शान्ता फाउन्डेसन, अमेरिकी दूतावास नेपाल र फोटोन फिल्मसको सहकार्यमा सम्पन्न भएको हो । कार्यशालाका सहभागीलाई समापन समारोहका अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रमाण पत्र वितरण गरे । 

Kumari Bank